पूर्व प्रम माधव नेपालकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरीका ७ जनामा काेराेना संक्रमण
काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्वरको सुरक्षामा तैनाथ सशस्त्र प्रहरीका ७ जनाामा कोरोना संक्रमण भएको छ।
नेता नेपाल निवासको सुरक्षा टोली र ड्राइभरसहित सातजनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुलाई आइसोलेसनमा राखिएको छ भने सम्पर्कमा आएका अन्यको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
नेपालको सुरक्षामा तैनाथ प्रहरीको टोलीमा कोरोना पुष्टि भएपछि अर्को टोली कोटेश्वर आइसकेको छ। नेता नेपालसहित परिवार र सचिवालयका सदस्यहरुको परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।
यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ प्रहरीमा पनि कोरोना देखिएको थियो। त्यसैगरी नेकपा महासचिव विष्णु पौडेलका अंगरक्षकमा पनि कोरोना पुष्टि भएको थियो।
तपाईको प्रतिक्रिया