भदौ १६ देखि सर्तसहित अन्तर्राष्ट्रिय उडान

काठमाडौं
सरकारले पिसिआर परीक्षण सहज भएका देशहरूबाट सर्तसहितको नियमित उडान गर्ने भएकाे छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५ सय यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका बनाउनेछ ।
यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरू आउन सक्नेछन् र उनीहरूको ७२ घन्टाभित्र पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।
काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।
पिसिआर टेस्ट गरेका र नगरेका यात्रुहरू एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।
पिसिआर टेस्ट सहज नभएका मुलुकहरूमा चार्टर फ्लाइट मात्र सञ्चालन हुनेछ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया