स्याङ्जा कालिगण्डकी गाउँपालिकाको भवन शिलान्यास

वालिङ
स्याङ्जा कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं. ४ स्थित गहलाममा स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएसँगै भवन निर्माण शुक्रबार शुरु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।
७ करोड ७० लाख ९७ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी श्याम सुन्दर निर्माण सेवा कम्पनी बानेश्वर काठमाडौंसँग ठेक्का सम्झौता भएको अध्यक्ष थापाले बताए ।
“भवन निर्माण पहिले नै शुरु गर्ने तयारीमा थियौं तर कोभिड १९ को बन्दाबन्दीका कारण थालनी गर्न सकेनौं”, अध्यक्ष थापाले भने । भवन २०७८ असोज महीनासम्ममा निर्माण सम्पन्न भईसक्ने अध्यक्ष थापाले बताए ।
साविकको विर्घा गाविस कार्यालयबाट सेवा प्रवाह गर्दै आएपनि अहिले सेवा प्रवाहमा समस्या भएका कारण भवन निर्माण थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भएसँगै विषयगत शाखाहरु पनि थप भएकाले साविकको गाविसको भवनले मात्रै अपुग भएकाले भवन निर्माण थालिएको हाे ।
गहलामका १५ जना जग्गाधनीले गाउँपालिकाको भवन निर्माणका लागि ३१ रोपनी जग्गा निःशुल्क गाउँपालिका कार्यालयको नाममा पास गरीदिएका थिए । रासस







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया