नारायणगढ मुग्लिन सडकमा एकतर्फी यातायात सञ्चालन
समाधान संवाददाता
२०७७ भदौ ६ गते ९:२८
पाेखरा
सुख्खा पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा एकतर्फी यातायात सेवा सञ्चालनमा आएकाे छ ।
पहिरो आंशिक रुपमा पन्छाएपछि बाटो एकतर्फी रुपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
एकतर्फी खुला भएको बाटो पूर्ण रुपमा सञ्चालनमा आउन केही घण्टा लाग्ने खनालले बताएका छन्। पहिरो पन्छाउने काम भइरहेको र अहिले एकतर्फी बाटो खुलेसँगै रोकिएका सवारी साधान गन्तव्य तर्फ लागेको उनले जानकारी दिए।
इच्छाकामना गाउँपालिका अन्तर्गत मुग्लिन नजिकैको तीन नम्बर पुलमा शुक्रबार पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।
फाइल फाेटाे
सम्बन्धित
तपाईको प्रतिक्रिया