पूर्वप्रधानमन्त्री नेपाललाई छैन काेराेना, स‌ँगै हिड्ने पीएसओ सहित ९ संक्रमित

समाधान संवाददाता २०७७ भदौ ६ गते १२:४१

समाधान संवाददाता

Advertisement

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकाे काेराेना भाइरस परिक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ । तर उनीसँग सँगै हिड्ने व्यक्तिगत सुरक्षा अफिसर पीएसओकाे भने संक्रमित पाइएका छन् ।

उनकाे पछुवा गाडिका ७ जना सुरक्षााकर्मी संक्रमित पाइएपछि नेपालकाे परिवारका सदस्य सहित उनीसँग हिड्ने सबैकाे परीक्षण गरिएकाे थियाे ।

Advertisement

पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले पुष्टि गरेका छन् ।

तर नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया