११ लाखले गरे अमेरिकामा बेरोजगारी बीमा आवेदन

रासस÷एएनआई
संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन गरिरहेका बताइएको छ ।
यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको हो । अमेरिकाबाट प्राप्त भएको समाचारमा सो कुरा जनाइएको छ । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यस्तो अवस्था आएको हो ।
गएको पाँच महिनामा अमेरिकामा कोरोना भाइरसको प्रकोप देखिएको छ । यहाँ हाल कम्तीमा पनि ५६ लाख नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ ।
जसका कारण यहाँको अर्थतन्त्र तथा रोजगारीहरुमा पनि नराम्रोसँग ह्रास आएको पाइएको छ । यस्तो बेरोजगारी संख्या यहाँ बढ्दै गएको देखिएको छ ।
पछिल्लो समयमा ११ लाख नागरिकले बेरोजगारी बीमाको फारम भरेका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा बढी हो । अघिल्लो हप्ता यहाँ यो फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो ।
यहाँको सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । सो सहायता अन्तर्गत यो बीमा पनि पर्दछ । त्यसैले नागरिकहरुले पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् ।
यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले अमेरिकामा कारोना भाइरसको प्रकोप अहिलेजस्तो गरी बढ्दै जाने हो भने यो बेरोजगार नागरिकहरुको दर पनि ठूलो मात्रामा बढ्दै जाने बताएका छन् ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया