२४ घण्टामा देशभर ६३४ नयाँ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ भदौ ६ गते १७:४६

समाधान संवाददाता
पछिल्लाे २४ घण्टामा देशभरमा ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्।
याे सहित हालसम्म देशभरमा संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको छ। ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिएकोमा यति संक्रमित पाइएका हुन् ।
याे २४ घण्टामा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् भने १ सय ४६ जनाको मृत्यु भएको छ।
सम्बन्धित








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया