२४ घण्टामा देशभर ६३४ नयाँ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ भदौ ६ गते १७:४६
समाधान संवाददाता
पछिल्लाे २४ घण्टामा देशभरमा ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्।
याे सहित हालसम्म देशभरमा संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको छ। ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिएकोमा यति संक्रमित पाइएका हुन् ।
याे २४ घण्टामा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् भने १ सय ४६ जनाको मृत्यु भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया