के छ नेकपाकाे कार्यदलले बुझाएकाे प्रतिवेदनमा, सुझावका बुँदासहित

समाधान संवाददाता २०७७ भदौ ६ गते १८:२०

समाधान संवाददाता

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले आफ्नाे जिम्मेवारी पुरा गरेकाे छ ।

कार्यदलले एक साता छलफल गरेर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वय केपी शर्ला र पुष्पकमल दाहाललाई बुझाएकाे छ ।

Advertisement

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेलीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको जानकारी दिएका छन् । 

कार्यदलले दिएकाे सुझाव निम्न छन् ।

Advertisement

– प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।
– सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।
– आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।
– सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।
– सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।
– कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समितिको बैठक बोलाउने । 

शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले  शनिबारै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा हस्तान्तरण गरेको हो । 

गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

तस्विर सूर्य थापाकाे फेसबुकबाट

तपाईको प्रतिक्रिया