बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

एजेन्सी
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो ।
दशौँ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनाको वार्षिकोत्सवको मूल नारा सपनालाई पूरा पार्न अथक प्रयास गरौं भन्ने रहेको छ ।
चालु वर्ष सारा विश्वमा नयाँ कोरोना महामारी देखा परेकाले विश्व चलचित्रको सामु अभूतपूर्व परीक्षण पनि आइपरेको महोत्सवको शुभारम्भ गर्दै चिनियाँ सञ्चार समूहका उप–निर्देशक येन स्याउ मिङले बताउनुभयो । उहाँले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
चीनले नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने क्रममा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ । महामारी नियन्त्रणसँगै देशभरका सिनेमा घरहरू क्रमशः पुनः खोलिएको छ ।







हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया