पाेखरामा ठेगाना थाहा नभएका २ जनामा काेराेना पुष्टि
समाधान संवाददाता
२०७७ भदौ ७ गते ८:३२
समाधान संवाददाता
पाेखरामा ठेगाना नै थाहा नभएका २ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालये जनाएकाे छ ।
पाेखरा स्थित काेराेना भाइरस प्रयाेगशालामा स्वाब दिएर हिडेका उनीहरु कुन वडा बस्ने र कहाँका नागरिक हुन् भन्ने खुल्न सकेकाे छैन् ।
स्वाब दिएर गएका उनीहरुकाे रिपाेर्ट पाेजिटि आएपछि खाेजी सुरु गरिएकाे छ । स्वास्थ्य निर्देशनालयले आज रिपाेर्ट आएका २ जना नै महिला भएकाे र उनीहरुकाे उमेर ३० र ३२ वर्षकाे भएकाे बताएकाे छ ।
उनीहरुकाे स्वाब लिने बेलामा ठेगाना किन लिइएन भन्ने बारेमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले केही बताएकाे छैन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया