कास्कीमा जारी निषेधाज्ञा ५ दिन थपियो

अनुप आत्रेय, पोखरा
कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा १२ भदौको मध्यरातसम्म थप्ने निर्णय गरेको हो ।
संक्रमितको संख्या बढिरहेकाले हालको बन्दाबन्दीलाई कायम राख्दा उचित हुने निष्कर्ष बैठकले निकालेको कास्कीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । बन्दाबन्दीकोको मोडालिटी केही परिवर्तन हुने भएको छ ।
बैंक तथा वित्तिय संस्थाको केही शाखा र निमार्ण सामग्रीका पसल सञ्चालन खुकुलो बनाइने निर्णय भएको एसपी श्रेष्ठले जानकारी दिए ।
कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो ।
निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् ।
समुदायमा कोरोना संक्रमित भेटिन थालेको र चाडपर्वमा हुने भीडभाडले जोखिम बढ्ने निष्कर्षसहित महानगरको मूल समितिको १ भदौमा बसेको बैठकले सोही दिन मध्यरातबाटै निषेधाज्ञा लगाउने जनाएको थियो ।
त्यसबेला महानगरलाई राजनीतिक दलका प्रतिनिधिले कडा निषेधाज्ञा गर्न सुझाएका थिए । तर जिल्ला सिसिएमसीको बैठकबाट निर्णय नहुँदा १ भदौबाट बन्दाबन्दी सुरु भएन । २ भदौमा बसेको जिल्ला सिसिएमसीको बैठकले ७ भदौको मध्यरातसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
पछिल्लो समय कास्कीका गाउँपालिकामा संक्रमित नभेटिए पनि पोखरामा भने संक्रमित बढिरहेका छन् । पोखरामा शनिबारमात्रै १६ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबार पनि ५ जनामा पोजेटिभ देखिएको छ । पोखरामा कोरोना संक्रमितको संख्या २ सय ६४ पुगेको छ । संक्रमितमध्ये १ सय ५१ जना निको भएका छन् भने २ को मृत्यु भएको छ ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया