गण्डकी अस्पतालकाे इमर्जेन्सीका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ भदौ ७ गते १५:४८
समाधान संवाददाता, पोखरा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अपतालको इमर्जेन्सी विभागमा कार्यरत १ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार उनी ३९ वर्षीय पुरुष हुन् । केहीदिन देखि होटल क्वारेन्टिनमै बस्दै आएका उनमा कोरोना पुष्टि भएसँगै अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको उनले बताए ।
योसँगै गण्डकीमा १ हजार ८ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० र क्षयरोग उपचार केन्द्र पोखरामा ३ सय ६३ गरी ४ सय १३ वटा नमूना परीक्षण भएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया