कास्कीकाे निषेधाज्ञामा थाेरै परिवर्तन, हार्डवेयर र बैंक खुल्ने

अनुप आत्रेय, पोखरा
बैंक र निमार्ण सामग्री (हार्डवेयर) पसल सञ्चालन केही खुकुलो बनाएर कास्कीमा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले ५ दिन बन्दाबन्दी थप्ने निर्णय गरेको छ । सोमबारदेखि थप्ने बैंक तथा वित्तिय संस्थाका सीमित शाखा खोल्न र हार्डवेयर खोल्न पाइने भएको छ ।
अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, बैंक सीमित कर्मचारी उपस्थित गराएर खोल्न पाइने सिडिओ ज्ञानप्रसाद ढकालले जानकारी दिए । हार्डवेयर भने दिनको २ घन्टा खोल्न पाइने उनले बताए । हार्डवेयर साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने भएकाे हाे ।
कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज सकिँदैछ । अरु सबै बन्दाबन्दी २ भदौको निर्णय अनुसार नै हुने सिडिओ ढकालले बताए ।

खाद्यान्न, तरकारी, फलफूल पसल पनि दिनको ५ घन्टामात्रै खोल्न पाइने छ । बिहान ५ बजेदखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ । औषधि पसल खोल्न भने कुनै रोकतोक हुने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई पनि छुट हुने छ ।
निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो ।
समुदायमा कोरोना संक्रमित भेटिन थालेको र चाडपर्वमा हुने भीडभाडले जोखिम बढ्ने निष्कर्षसहित महानगरको मूल समितिको १ भदौमा बसेको बैठकले सोही दिन मध्यरातबाटै निषेधाज्ञा लगाउने जनाएको थियो ।
त्यसबेला महानगरलाई राजनीतिक दलका प्रतिनिधिले कडा निषेधाज्ञा गर्न सुझाएका थिए । तर जिल्ला सिसिएमसीको बैठकबाट निर्णय नहुँदा १ भदौबाट बन्दाबन्दी सुरु भएन । २ भदौमा बसेको जिल्ला सिसिएमसीको बैठकले ७ भदौको मध्यरातसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
पछिल्लो समय कास्कीका गाउँपालिकामा संक्रमित नभेटिए पनि पोखरामा भने संक्रमित बढिरहेका छन् । पोखरामा आइतबार ५ जनामा पोजेटिभ देखिएको छ । शनिबारमात्रै १६ जनामा कोरोना पुष्टि भएको थियाे ।
पोखरामा कोरोना संक्रमितको संख्या २ सय ६४ पुगेको छ । संक्रमितमध्ये १ सय ५१ जना निको भएका छन् भने २ को मृत्यु भएको छ ।
आइतबार पनि ५ जनामा पोजेटिभ देखिएको छ । पोखरामा कोरोना संक्रमितको संख्या २ सय ६४ पुगेको छ । संक्रमितमध्ये १ सय ५१ जना निको भएका छन् भने २ को मृत्यु भएको छ ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया