प्रतिक्षालयमा महिलाको शव फेला, अनुसन्धान गर्दै कास्की प्रहरी

समाधान संवाददाता, पोखरा
पोखरा ३२ लामेआहाल पृथ्वीराजमार्गसँग जोडिएको प्रतिक्षालयमा १ महिलाको शव फेला परेको छ ।
अन्दाजी ३८÷४० वर्ष जस्ताे देखिने महिलाको पहिचान भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
सोमबार साढे ८ बजेमात्र शव प्रतिक्षालयमा रहेको खबर प्रहरीलाई पुगेको थियो । घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय डाँडाकाेनाक टोलीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।
‘शव कपडाले बेरिएको अवस्थामा थियो,’ डाँडाकोनाक कार्यालयका प्रहरी प्रमुख तथा डिएसपी अर्जुन रानाभाटले भने, ‘मुख र नाकमा रगत पनि देखिन्छ ।’
पोस्टमार्टम पछि मात्र घटनाबारे थप खुल्ने उनको भनाई छ ।
शवमा बाहिरी चोट नदेखिएको अनुसन्धानमा खटिएका १ प्रहरी अधिकारीले जानकारी दिए ।
घटनामाथि अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता हमालले बताए ।







औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया