प्रजातान्त्रिक महासंघ कास्कीमा सुरेन्द्रराज अधिकारी

समाधान संवाददाता २०७७ भदौ ८ गते १५:२९

समाधान संवाददाता
पोखरा

Advertisement

नेपाल प्रजातान्त्रिक महासंघ कास्की जिल्ला तदर्थ समिति संयोजकमा सुरेन्द्रराज अधिकारी चयन भएका छन् ।
भिन्न पेसा, व्यवसाय आवद्ध रही नेपाली कांग्रेससँग आस्थावान व्यक्तिहरुको भेलाले प्रजातान्त्रिक महासंघको विधान बमोजिम अधिकारीको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको हो । समितिमा जिल्लाका ५ वटै स्थानीयतहको प्रतिनिधित्व छ ।

सहसंयोजक अञ्जु बराल अधिकारी (मादी गाउँपालिका), सचिव क्षेत्रबहादुर बराल क्षेत्री (पोखरा महानगरपालिका), सहसचिव, मानकुमारी बराल (पोखरा महानगरपालिका), कोषाध्यक्ष छत्रधर आत्रेय (पोखरा महानगरपालिका) र प्रवक्ता सचिन रानाभाट (पोखरा महानगरपालिका) चयन भएका छन् ।

Advertisement

महासंघको सदस्यमा सुरेश श्रेष्ठ (पोखरा महानगरपालिका), अर्जुन गुरुङ्ग (मादी गाउँपालिका), केशरीरमण न्यौपाने (पोखरा महानगरपालिका), कोपिला तिवारी (पोखरा महानगरपालिका), टीकाराम लम्साल (माछापुच्छे« गाउँपालिका), दुर्गाराज रेग्मी(रुपा गाउँपालिका), प्रमोद कोइराला (पोखरा महानगरपालिका), भुला के.सी.(रुपा गाउँपालिका), ई.भृगुराज भट्टराई (पोखरा महानगरपालिका) र भोलानाथ पौडेल (पोखरा महानगरपालिका) चयन भए ।

त्यसैगरी महेशकुमार सिग्देल (पोखरा महानगरपालिका),मोहदत्त पोख्रेल (अन्नपूर्ण गाउँपालिका), यानी परियार (मादी गाउँपालिका), रविरमण तिवारी (पोखरा महानगरपालिका), लोकचन्द्र खनाल (रुपा गाउँपालिका), विशाल गुरुङ (मादी गाउँपालिका), विष्णु गुरुङ (पोखरा महानगरपालिका), वेदहरि तिमिल्सिना (पोखरा महानगरपालिका), सञ्जीव पौडेल (रुपा गाउँपालिका) तथा आमन्त्रित सदस्यमा शिवप्रसाद बाँस्तोला (पोखरा महानगपालिका) चयन भए ।

Advertisement

सल्लाहकारहरुमा कांस्की काग्रेस सभापति कृष्णबहादुर केसी, प्राडा कुसुमाकर न्यौपाने, डा. यमनाथ तिमिल्सेना, डा. अजय थापा, डा. वीरबहादुर कार्की र कानुनी सल्लाहकार फणिन्द्रराज कोइराला चयन भएका छन् ।

महासंघले कांग्रेसको पार्टी संगठनलाई मजुवत बनाउने तथा पार्टीभित्र एकता कायमका लागि सहयोग गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया