पाेखरामा थपिए ४ संक्रमित

समाधान संवाददाता २०७७ भदौ ९ गते ६:४९

पाेखरा

Advertisement

पाेखरा महानगरपालिकामा मंगलबार बिहान थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पाेखरा महानगर वडा नम्बर १३ का २ पुरुष, वडा नम्बर २८ का १ पुरुष र वडा नम्बर २९ की १ महिला छन् ।

वडा नम्बर १३ का संक्रमित भारतबाट आएका हुन् भने वडा नम्बर २८ र २९ का २ जना संक्रमितकाे सम्पर्कमा आएका रहेकाे निर्देशनालयले जनाएकाे छ ।

गण्डकी प्रदेशमा हालसम्म १ हजार ८ सय ९५ जनामा काेराेना पुष्टि भएकाे छ । हालसम्म १ हजार ६ सय ३९ जना निकाे भएका छन् भने ७ जनाकाे मृत्यु भएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया