ब्यास नगरपालिकालाई शववाहन हस्तान्तरण

समाधान संवाददाता २०७७ भदौ ९ गते ७:०७

पाेखरा

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइले व्यास नगरपालिकालाई शववाहन हस्तान्तरण गरेको छ ।

Advertisement

एकाइले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको शववाहन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

एकाइ सभापति राजकुमार श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सोमबार शववाहनको साँचो हस्तान्तरण गरेका हुन् । नगरपालिकाभरि नै एउटा पनि शववाहन नभएको अवस्थामा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने गरी शववाहन हस्तान्तरण गरिएको एकाइ सभापति श्रेष्ठले जानकारी दिए ।

“एकाइले दमौलीमा सात वर्ष एम्बुलेन्स सञ्चालन ग¥यो, विगत एक वर्षदेखि शववाहन सञ्चालन गर्दै आएको थियो”, श्रेष्ठले, “शववाहनको चालक पाल्न गाह्रो भएपछि सम्पूर्ण जिम्मा नगरपालिकालाई हस्तान्तरण गरेका छौँ ।” उनका अनुसार सवारी चालकलाई मासिक रु २२ हजारभन्दा बढी तलब दिनुपथ्र्यो । “कुनै महिनामा एउटा पनि शव नआउँदा एकाइलाई भार पर्यो, नगरपालिकामा सवारी चालक नै छन्, उनीहरुलाई नै शववाहन चलाउने जिम्मेवारी दिन सकिन्छ”, उनले भने ।

नगरप्रमुख न्यौपानेले शववाहन हस्तान्तरण गरेकामा एकाइलाई धन्यवाद ज्ञापन गर्दै अब यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाको रहने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया