पाेखरामा पहिलाे पटक पत्रकारलाई काेराेना पुष्टि

समाधान संवाददाता २०७७ भदौ ९ गते ८:४७

समााधान स‌ंवाददाता

पाेखरा महानगरपालिकामा काेराेना समुदायमा फेलिसकेकाे आशंकलाई पुष्टि गर्ने गरी पाेखरा महानगर भित्रै सकृय पत्रकारिता गर्दै आएका एक पुरुष पत्रकारमा काेराेना भाइरस पुष्टि भएकाे छ ।

स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले म‌ंगलबार विहान पाेखरामा काेराेना संक्रमित भनेर तथ्याङ्क दिएका ४ जना मध्ये १ जना पत्रकार हुन् ।

Advertisement

स्थानीय रेडियाे र पत्रिकामा रिपाेर्टिङ गर्ने ती पत्रकार युवा छन् । उनीमा संक्रमणकाे कुनै लक्षण नभएकाे तर कन्ट्रयाक ट्रेसिङका आधारमा परिक्षण गर्दा पाेजिटिभ देखिएकाे पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

अहिले उनी कार्यरत एफएममै छन् । उनले काेराेना महामारी फैलिएपछि एफएमकाे कार्यलय मै आवाशीय रुपम बसेर काम गरिरहेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया