पाेखरामा थप ७ र तनहुँमा ६ जना नयाँ संक्रमित

समाधान संवाददाता २०७७ भदौ ९ गते ९:१८

समाधान संवाददाता

पाेखरा महानगरपालिका थप ७ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार दाेश्राे पटक विज्ञप्ति जारी गरेर पाेखरामा ७ सहित गण्डकी प्रदेशमा १३ जना नयाँ संक्रमित थपिएकाे जानकारी दिएकाे छ । विहानै पाेखरामा ४ जना संक्रमित थपिएकाे जानकारी दिएकाे थियाे ।

Advertisement

याे सहित पाेखरामा मंगलबार विहान मात्रै ११ जना संक्रमित थपिएका छन् भने गण्डकीमा १७ जना थपिएका छन् ।

निर्देशनालयले दिएकाे जानकारी अनुसार तनहुँ भानुमा ६ जनाका काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

पाेखरा महानगरकाे वडा नम्बर ४ मा २ जना, ५ मा २ जना, ७ मा १ जना, १० मा १ जना र १४ मा १ जना नयाँ संक्रमित थपिएका हुन् ।

विहान थपिएका ४ जना मध्ये एक जना पत्रकार छन् ।

तपाईको प्रतिक्रिया