बैंकका सुरक्षाकर्मीको ‘क्लोज कन्ट्याक’मा थिए संक्रमित पोखराका पत्रकार

समाधान संवाददाता, पोखरा
साताअघि पोखरा २७ को १ बैंकमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना पुष्टि भयो । उक्त बैंक भवनमै १ एफएम सञ्चालनमा छ ।
सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि एमएममा कार्यरत पत्रकार कन्ट्याक ट्रेसिङमा परे ।
उनको स्वाब शनिबार पोखरा २७ को वडा कार्यालयमा संकलन भएको थियो ।
मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे पहिलाे अपडेटमा पोखराका ३ वडाका ४ जना संक्रमण पुष्टि भएको जनाएको छ । तिमध्ये स्थानीय पत्रिकामा समेत कार्यरत ३४ वर्षीय पत्रकारमा संक्रमण भेटिएको हो ।
उनको घर वडा २८ मा भए पनि एफएममै आवासीय रुपमा काम गर्दै आइरहेका थिए ।
बैंकका सुरक्षाकर्मीसँग साँझ बिहान भेट भइरहने भएकाले उनीबाटै संक्रमण भएको हुनसक्ने अनुमान छ ।
संक्रमण पुष्टि भएपछि उनलाई वडाध्यक्ष र स्वास्थ्य महाशाखाबाट मंगलबार बिहान जानकारी गराएका थिए । अहिले उनी कार्यरत एफएमै छन् । आइसोलेसनमा जाने तयारी भइरहेको छ ।
वडा २७ को कार्यालयको राजश्व शाखामा कार्यरत १ महिलामा संक्रमण देखिएपछि तालचोक क्षेत्रमा परीक्षण बढाइएको थियो ।
तालचोकस्थित बैंक वित्तीय संस्थाका कर्मचारीमा यसअघि नै पुष्टि भइरहँदा पत्रकारमा भने पहिलो पटक भेटिएको केस हो ।
उनीसँग परिवारका व्यक्ति एकपटक सम्पर्कमा आएकाले कन्ट्रयाक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ ।
निर्देशनालयकाे मंगलबार बिहानकाे दास्राे अपडेटअनुसार पाेखरामा मात्रै ११ जना संक्रमित थपिएका छन् भने गण्डकीमा १७ जना थपिएका छन् ।
निर्देशनालयले दिएकाे जानकारी अनुसार तनहुँ भानुमा ६ जनाका काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
तपाईको प्रतिक्रिया