लामेआहाल प्रतीक्षालयमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, रहस्य खुलेन

समाधान संवाददाता, पोखरा
पोखरा ३२ लामेआहाल पृथ्वीराजमार्गसँगै जोडिएको प्रतीक्षालयमा सोमबार बिहान मृत भेटिएकी महिलाको पहिचान प्रहरीले खुलाएको छ ।
मृत महिला तनहुँ शुक्लागण्डकी नगरपालिका ८ बस्ने अन्दाजी ५० वर्ष की सीता परियार रहेको कास्की प्रहरीले जानकारी दिएकाे छ ।
महिलाको पहिचान खुलेसँगै थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए ।
‘घरबाट खुट्टाको घाउकाे उपचार गर्न जान्छु भनेर निस्किएको बुझिएको छ,’ उनले भने, ‘परिवार सम्पर्कमा आएका छन्, थप अनुसन्धान भइरहेको छ ।’
परियारको शव प्रतीक्षालयमा कपडाले बेरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर पुगेको थियो । अनुसन्धानमा खटिएका प्रहरीका अुनसार महिलाको मुख र नाकमा रगत देखिएको थियो । बाहिरी चोट भने नदेखिएको उनले बताएका थिए ।
शव पोस्टमार्टमका लागि सोमबारै अस्पताल पठाइसकिएको छ । घटनाको प्रकृतिबारे प्रहरीले बताइसकेको छैन ।









लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया