भेदभाव नगरी सहयोग गर्न सचेतक लामिछानेको आग्रह

समाधान संवाददाता २०७७ भदौ ९ गते १२:५२

समाधान संवाददाता
पोखरा

Advertisement

पोखरा महानगरपालिका नेपाली कांग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले आपत विपद्मा पर्दा सहयोग गर्नुपर्ने भन्दै कसैप्रति भेदभाव नगर्न आग्रह गरेका छन् ।

पोखरा महानगरवालिका ९ का वडाध्यक्ष अधिकारीले विज्ञप्ति निकालेर भनेका छन्, ‘एकले अर्काेलाई सहयोग गर्ने भावना राखौं, यसले हाम्रो मानवीयता झल्काउँछ ।’

रामराज अधिकारी

आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग चाहन्छौं त्यस्तै माया र सहयोग अरुका लागि पनि आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिन भनिएको छ ।

कोरोना संक्रमणपछिको अवस्थामा केन्द्रित रहेर निकालिएको विज्ञप्तिमा कोरोनाबाट संक्रमित हुने र निको हुने क्रम चलिरहेको भन्दै नआत्तिन आग्रह गरेका छन् । टोल÷टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख छ ।

Advertisement

विज्ञप्तिमा विश्वमा ठूलो पदधारण गरेका व्यक्तिहरु पनि संक्रमित भई निको भएर घर फर्केको र कोरोनाले ठूलो वा सानो नभन्ने भन्दै सचेत बन्दै सुरक्षित रुपमा घरमा बस्न अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया