मनाङमा स्वास्थ्यकर्मी र शिक्षकलाई काेराेना
समाधान संवाददाता
२०७७ भदौ ९ गते १६:०२

पाेखरा
गण्डकी प्रदेशका ३ जिल्लामा मंगलबार दिउँसाे ५ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे सूचना अनुसार मनाङमा २, पर्वतमा २ र बागलुङमा थप १ जनामा काेराेना पुष्टि भएकाे छ ।
मनाङकाे ङिस्याङ गाउँपालिकाका ५१ वर्षे शिक्षक र चामेका ४९ वर्षे स्वास्थ्यकर्मीमा काेराेना पुष्टि भएकाे हाे । मनाङकाे आइसाेलेसनमा २ जना उपचार गराइरहेका छन् ।
यसैगरी पर्वतकाे फलेवासका २ पुरुष र बागलुङकाे बागलुङ नपाकी १ महिलामा पनि काेराेना पुष्टि भएकाे छ ।
प्रदेशभर सक्रिय संक्रमित २ सय ६६ पुगेकाे छ । हालसम्म गण्डकीमा १ हजार ९ सय १३ जनामा काेराेना पुष्टि भएकेा निर्देशनालयले जनाएकाे छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया