बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

समाधान संवाददाता २०७७ भदौ ९ गते १८:४८

पोखरा

अविरल वर्षाको कारण बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित १ घर भत्किँदा १९ वर्षे पूजा विकको मृत्यु भएको छ ।

स्थानीय प्रकाश परियारको ढुंगा माटोले बनेको २ तले कच्ची घर मंगलबार बिहान भत्किँदा उनकी छोरी पूजाको मृत्यु भएको हो ।

Advertisement

अन्दाजी १०।१५ मिटर माथिबाट पहिरो आएको पहिराोले घर पुरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया