स्याङ्जामा एकै वर्षमा बने मोटरेबल ९ पुल

समाधान संवाददाता २०७७ भदौ १० गते ५:४७

समाधान संवाददाता
स्याङ्जा

पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयले स्याङ्जामा एकै वर्षमा ९ वटा मोटरेबल पुल निर्माण गरेका छन् ।
गण्डकी सरकार मातहतको पूर्वाधार विकास कार्यालयले आफूले निर्माण थालेका ९ वटामा ६ र सडक डिभिजन कार्यालयले १० मध्ये ३ पुल सम्पन्न भएका हुन् ।

कोरोना भाइरसका कारण देशभर सरकारले चैत ११ गतेबाट लकडाउन गरे पनि स्याङ्जामा भने विकास निर्माणले भने गति लिएको हो । यहाँको भीरकोट नगरपालिकाको लुब्दीखोला मोटरेबल पुल निर्माण कार्य सुरु गरेको ६ महिनामा सकिएको हो ।

Advertisement

पूर्वाधार विकास कार्यालय पोखरालले २०७६ असोज २९ मा सम्झौता भई मंसिरबाट निर्माण कार्य सुरु गरिएको थियो । पुलको निर्माण कार्य वैशाख महिनामा सम्पन्न भएको पूर्वाधार कार्यालयका प्रमुख सोभियत खड्काले बताए । २५ मिटर लम्बाइ र ८.५ मिटर चौडाइ रहेको पुल जेएन इश्वर÷विवेक एन्ड कुवेर कम्पनीले २ करोड १५ लाख २१ हजार मा निर्माण गरेको हो ।
यस्तै विरुवा गापा १ र ४ नम्बर वडा जोड्ने अम्बोट मोटरेबल पुल पनि शिलान्यास भएको १० महिनामा नै सम्पन्न भएको हो । १ करोड ७५ लाख ३३ हजारमा २०७६ असार २३ मा सम्झौता गरेर गजिन्द्र निर्माण सेवाले २२.६५ मिटर लम्बाइ र साढे ८ मिटर चौडाइ रहेको पुल बनाएको हो ।

यस्तै वालिङ नगरपालिका १ को अर्मादीखोला मोटरेबल पुल पनि एक वर्षमा नै जिएसआर÷राङखोला जेभीले काम सकेको खड्काले बताए । १ करोड २७ लाख ५० हजारमा निर्माण भएको १२ मिटर लम्बाइ र ८.४ मिटर चौडाइ रहेको पुल पुलको २०७६ जेठ २१ मा सम्झौता भएको थियो ।

Advertisement

यस्तै आँधीखोला गापा ५ को नागडाँडा–कार्कीनेटा सडक खण्ड अन्तर्गत पर्ने बा“स्कोटखोला मोटरेबल पुलको पनि निर्माण थालेको १ वर्ष भित्रै सकिएको हो । ११ मिटर लम्बाइ र चौडाइ १० मिटर रहेको पुल १ करोड १८ लाख ६० हजार रकममा विवेक एन्ड कुवेर कम्पनीले २०७६ असार २ मा सम्झौत गरेर निर्माण गरेको हो ।

यस्तै फेदीखोला गाउँपालिका स्थानेचौर मोटरेबल पुल पनि कोरोनाका कहरको समयमा निर्माण सकिएको छ । २ करोड ९१ लाख ५० हजारमा २०७५ फागुन १५ गते शान्ति निर्माण सेवा कम्पनीले सम्झौता गरेर पुलको निर्माण गरेको इन्जिनियर सुमन गिरीले बताए । पुल २५ मिटर लम्बाइ र ८.४ चौडाइ रहेको गिरीले बताए ।

यस्तै पुतलीबजारबाट घुम्ती–चिसापानी जोड्ने सडकमा पर्ने भुवानेखोला मोटरेबल पुल २०७६ जेठ १९ मा सम्झौता गरेर विवेक एन्ड कुबेर विल्डल्र्स कम्पनीले निर्माण गरेको इन्जिनियर नवीनचन्द्र अधिकारीले जानकारी दिए । १ करोड ६ लाख रुपैयाँमा निर्माण भएको पुल १०.६५ लम्बाइ र ८.४ चौडाइ रहेको अधिकारीले बताए ।

यस्तै सडक डिभिजनले पुतलीबजार ३ ढडुवा बाडखोलामा ३० मिटर लम्बाइ र ८ मिटर चौडाइ भएको पुल गजिन्द्र निर्माण सेवाले निर्माण गरेको हो । गजिन्द्रले २०७५ साउन २ गते सम्झौता गरेर १८ महिनामा ४ करोड ५५ लाख ३९ हजार ८३२ रुपैयाँमा निर्माण सकेको हो ।

यस्तै चितेखोला चापाकोटको १५ मिटर लामो पुल जय ईश्वर निर्माण सेवाले २ करोड ६० लाख ८३ हजार २ सय ७० रुपैयाँमा निर्माण गरेको हो । जय ईश्वरले २०७५ असार २७ सम्झौत गरेर २ वर्षमा निर्माण सकेको सडक डिभिजनका प्रमुख सुनिल पन्तले जानकारी दिए ।

यस्तै चाङदीखोला वालिङको २५ मिटर लम्बाइ र ८.५ मिटर चौडाइ भएको मोटरेबल पुल २ करोड ८२ लाख ३२ हजार ४ सय २१ रुपैयाँमा जेएन ईश्वर श्री सिदार्थ जेभीले निर्माण थालेको ५ वर्षमा काम सेकेको हो ।

पूर्वाधार तथा सडक डिभिजनले कोरोनाका कहरका समयमा मजदुरबीच समाजिक दुरी कायम राख्दै निर्माण गरेको हो । निर्माणाधीन अन्य पूर्वाधार र सडकका १० मोटरेबल पुल यसै आर्थिक वर्षमा सकिने बताइएको छ भने पूर्वाधारले थप ७ वटा पुल थालनी गर्ने बताएको छ ।

पूर्वाधार विकास कार्यालय पोखराले निर्माण गरेको फेदीखोला पुल ।
तस्बिर : समाधान

तपाईको प्रतिक्रिया