गण्डकीमा थपिए ३२ संक्रमित
समाधान संवाददाता
२०७७ भदौ १० गते ८:५४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङका २३, नवलपुरका ७ र कास्कीका २ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ४५ पुगेको छ । तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया