पोखराका २८ वर्षे युवकसहित प्रदेशभर थपिए ६ संक्रमित

समाधान संवाददाता २०७७ भदौ १० गते १३:०२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका १७ का २८ वर्षे युवकसहित ६ जना संक्रमित थपिएका हुन् ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ती पुरुषसहित बागलुङकी २३ वर्षीया युवतीमा पनि कोरोना पुष्टि भएको छ । त्यसबाहेक अरु प्रदेशमा गरिएको परीक्षणमा गोरखा र नवलपुरका २/२ जनामा संक्रमण देखिएको छ ।

Advertisement

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ५२ पुगेको छ । तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, स्याङ्जाका २, बागलुङ, तनहुँ, गोरखा र म्याग्दीका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया