काठमाडौंमा १ साता थपियो निषेधाज्ञा
समाधान संवाददाता
२०७७ भदौ १० गते १३:०८
काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा एक साताको लागि निरन्तरता दिने भएको छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिलेकै अवस्थामा एक साता निषेधाज्ञा बढाइएको बताए।
त्यस अनुसार भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायम रहनेछ । कोभिड १९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेकोले यसलाई रोकथाम तथा नियन्त्रण गर्न उक्त निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञा भदौ १० गते राति १२ बजे देखि सकिँदैछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया