तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना

समाधान संवाददाता २०७७ भदौ १० गते १३:२१

दमाैली

तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना भएको हो ।

जिल्लामा पूर्वाधार विकास कार्यालय नहुँदा सेवाग्राहीलाई नवलपुर जानुपर्ने बाध्यता अब हटेको छ । पूर्वाधार विकास कार्यालयले प्रदेश सरकार अन्तर्गतका सडक, मोटरेवल तथा झोलुङ्गे पुल, भवन निर्माण गर्छ । कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले पूर्वाधार विकास कार्यालयको स्थापना गरी काम शुरु गरिएको जानकारी दिए ।

Advertisement

जिल्लामा यसअघि पूर्वाधार विकास कार्यालय नहुँदा नवलपुरमा रहेको कार्यालयले हेर्ने गर्दथ्यो । कार्यालयमा २५ जनाको दरवन्दी कायम भएको छ । “दरवन्दी अनुसारको कर्मचारी त पूरा भइसकेको छैन, स्थायी कर्मचारी सबै हुनुहुन्छ, बाँकी इन्जिनीयर, सवइन्जिनियरलाई मन्त्रालयले करारमा पठाउन सक्छ,” ढुङ्गानाले भने ।

कार्यालयको मातहत नै बुधबारदेखि डुम्रेमा रहेको यातायात व्यवस्था शाखाको कार्यालय पनि शुरु भएको छ ।

Advertisement

सो कार्यालयबाट तनहुँसहित गोरखा र लमजुङका सेवाग्राहीले सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दै आएका छन् ।

तर अब गोरखा र लमजुङमा पनि यातायात व्यवस्था शाखा स्थापना हुने भएपछि डुम्रेको कार्यालय दमौली स्थानान्तरण गरिनेछ ।

तपाईको प्रतिक्रिया