२४ घन्टामा ११ कोरोना संक्रमितको मृत्यु

समाधान संवाददाता
नेपालमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेहरु विभिन्न ७ जिल्लाका छन् ।
महोत्तरीमा मात्र ३ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ।
कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, काठमाडौंका ५१ र बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ७५ पुगेको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ। नेपालमा हालसम्म १९ हजार ५०४ उपचारपछि निको भएका छन्।
तपाईको प्रतिक्रिया