गुरूङ दम्पतिले दिए व्यवसायीलाई घर भाडामा छुट

समाधान संवाददाता २०७७ भदौ १० गते १७:१५

समाधान संवाददाता

पोखराका समाजसेवी एवं घरधनी चन्द्र बहादुर गुरूङ र दुरपती गुरूङले पोखराको लेकसाइडस्थित आफ्नो घरमा भाडामा व्यवसाय गर्ने व्यवसायी काेराेना भाइरसकाकारण प्रभावित भएकाे भन्दै बहालमा छुट दिने घाेषणा गरेका छन् ।

उनले दुई महिनाको भाडामा सतप्रतिशत छुट, ६ महिनाको भाडामा ५० प्रतिशत छुट दिएका छन् । उनले साे ६ महिनाको भाडा पनि डिपोजिटबाट काटिने गरी राहत दिएका छन् ।

Advertisement

गुरूङ दम्पतिको घरमा पोखराका युवा व्यवसायी तथा विधार्थी नेता आशिक गुरूङको होटल माउन्टेन टप संचालनमा छ।

लाखाै रुपैया लगानी गरेर हाेटल सञ्चालन गरेकाे तर पाहुना नआउदा व्यवसायी नै चाैपट भएकाेले उनीहरुलाई व्यवसाय धान्ने वातावरण बनाइदिनु घरभेटीकाे पनि दायित्व भएकाे घरधनी गुरुङले बताए ।

Advertisement

होटल संचालक आशिक गुरूङले कोभिड -१९ का कारण पछिल्लो समयमा विश्वको अर्थतन्त्र नै ओरालो लागेको , स्वंम विश्व स्वास्थ संघठनले नै अब विश्व सबै कोरोना भाईरस सँगसँगै बाँच्न सिक्नुपर्ने भनेको अवस्थामा लकडाउन मात्रै समस्याको समाधान नरहेको र सबै क्षेत्रलाई सचेत तथा सावधानी अपनाएर व्यवसाय संचालन गर्न दिनुपर्ने कुरामा जोड दिए ।

तपाईको प्रतिक्रिया