अफगानिस्तानमा दश तालिबान लडाकू मारिए

रासस÷एएनआई
अफगानिस्तानको दक्षिणी प्रान्त बागलानको शाह वालिकोट जिल्लामा अफगान सेनाले गरेको हावाइ कारबाहीमा परी १० जना तालिबान मारिएका छन् ।
सो क्षेत्रमा लुकेर बसेका तालिबान लडाकू्लक्षित सो कारबाही गएराति भएको बताइएको छ । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनले बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।
उक्त विज्ञप्तिका अनुसार सो हवाई कारबाही त्यहाँको एक धार्मिक विद्यालयमा गरिएको थियो । उक्त स्थानमा तालिबानहरु रहेको सूचनाको आधारमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।
सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाइले पनि बुधबार सो जानकारी दिए । उक्त क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो ।
मंगलबार राति भएको यस हवाई कारबाहीमा परी १० तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए । तालिबान आतंककारी समूहले यस आक्रमणको विरोध गरेको छ ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया