सेप्टेम्बर १ देखि ८ देशबाट नियमित अन्तराष्ट्रिय उडान हुने

समाधान संवाददाता २०७७ भदौ १० गते १८:०४

समाधान सम्वाददाता

काेराेना भाइरसकाकारण बन्द रहेकाे नियमित अन्तराष्ट्रिय उडान सुरु गर्ने तयारीमा सरकार लागेकाे छ । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सुरुमा ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो ।

Advertisement

यी ८ देशमा मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारलाई नियमित उडानले नेपालसँग जोड्नेछन् ।

तर ती उडानले काेराेनाबाट जाेगिन र काेराेना फैलन नदिनका लागि निकै झन्झटिलाे शर्त पुरा गर्नु पर्नेछ । यसका लागि मन्त्रालयले निम्त शर्त अनिवार्य गरेकाे छ ।

Advertisement

पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य

सबै यात्रु पीसीआर नेगेटिभ भए घर जान पाइने

अनलाइन फारम अनिवार्य

पीसीआर भएको र नभएका यात्रु मिसाउन नपाइने

परीक्षण नगरेका यात्रु ल्याए कारबाही

विदेशीको हकमा परिचयपत्र अनिवार्य

भिसाको जिम्मा विभागलाई

नियुक्तिपत्रबाट छुट

स्वास्थ्यको मापदण्ड अनिवार्य

तपाईको प्रतिक्रिया