५ महिने बालक काेराेना संक्रमित
समाधान संवाददाता
२०७७ भदौ ११ गते ८:४९

समाधान संवाददाता, चितवन ।
पछिल्लाे समय चितवनमा समुदायमै काेराेना भाइरस संक्रमण बिस्तार भएकाे छ । फलस्वरुप ५ महिनाका बालकमा पनि काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
ती बालक चितवनकाे माडीका हुन् । यी बालकसगै विहीबार विहान जिल्लामा ५२ जना नयाँ संक्रमित थपिएका छन् ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो।
चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया