नवलपुरका २७ जनामा कोरोना, गण्डकीमा संक्रमित २ हजार नाघे

समाधान संवाददाता २०७७ भदौ ११ गते १५:०१

समाधान संवाददाता, पाेखरा

नवलपुरमा थप २७ जनामा कोरोना संक्रमण् पुष्टि भएको छ । नवलपुरको गैंडाकोट नगरपालिकाका १७, कावासोती नगरपालिकाका ७ र विनयी त्रिवेणी गाउँपालिकाका ३ जनामा पोजेटिभ देखिएको हो ।

आज बिहान पनि नवलपुर सहित ५ जिल्लाका २५ जनामा पोजेटिभ देखिएको थियो। कोरोना पुष्टि हुनेमा तनहुँका ९, बागलुङका ८, लमजुङका ४, नवलपुरका ३ र पर्वतका १ जना थिए।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ पुगेको छ । संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया