खसीबजारबाट ५ जुवाडे पक्राउ, सवा लाख बढी बरामद

समाधान संवाददाता २०७७ भदौ ११ गते १६:१८

समाधान संवाददाता, पोखरा

Advertisement

कास्की प्रहरीले जुवातास खेल्ने ५ जनालाई पक्राउ गरेको छ । पोखरा १४ खसीबजारबाट बुधबार उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले नियन्त्रणमा लिएको हो ।

चन्द्रबहादुर श्रेष्ठको घरमा जितबहादुर कुँवरले सञ्चालन गर्दै आइरहेको ‘जित रियलस्ट्रिक एन्ड हाउजिङ प्रालिको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । जुवाखालबाट १ लाख ३६ हजार १ सय ७० रुपैयाँ नगद र तास बरामद भएको प्रवक्ता हमालले बताए ।

पक्राउ पर्नेमा पोखरा १३ मियाँपाटन बस्ने ४२ वर्षीय जीवन नेपाली, बाझापाटनका ३५ वर्षीय ओमबहादुर नेपाली, पोखरा १० रामबजार का ५४ वर्षीय देवीलाल तिमिल्सिना, पोखरा १४ विपिमार्ग बस्ने ४० वर्षीय कृष्णहरि दवाडी र चाउथे बस्ने ४० वर्षीय ओमबहादुर आले रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने विरुद्ध जुवातास कसुरमा म्याद थप गरि अनुसन्धान थालिएको प्रवक्ता हमालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया