लागुऔषधसहित १ पक्राउ

समाधान संवाददाता २०७७ भदौ ११ गते १९:१४

समाधान संवाददाता, पोखरा

कास्की प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पोखराबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा ११ रानीपौवा तुलसीमार्गबाट २७ वर्षीय विशाल घमाललाई पक्राउ गरेको हो ।

उनको साथबाट गाँजा, चरेस र प्रतिबन्धित ट्याब्लेट बरामद भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Advertisement

घमालले आफू सुत्ने कोठामा लागुऔषध लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । उनी लागुऔषध कारोबारी भएको सूचना प्रहरीलाई पुगेको थियो ।

प्रहरीले उनको कोठाबाट ट्रमाडोल हाइड्रोक्लोराइड ३ सय क्याप्सुल, चरेश ३ सय ग्राम र सुकेको गाँजा ३ किलो ४ सय ग्राम बरमद भएको प्रदेश प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका घमाललाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

तपाईको प्रतिक्रिया