खरानेमा ५० युनिट रगत संकलन

समाधान संवाददाता २०७७ भदौ ११ गते १९:२४

समाधान संवाददाता, पोखरा

पोखरामा रगत अभाव भएपछि पोखरा २६ खरानेमा आयोजित आकस्मिक रक्तदानबाट ५० युनिट रगत संकलन भएको छ ।

खराने युवा क्लबको आयोजनामा बिहीबार दिउँसो स्थानीयको हभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । क्षेत्रीय रक्तसञ्चार केन्द्र र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उत्साहजनक स्थानीयको साथमा रगत संकलन भएको क्लबका अध्यक्ष सुविन तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

‘कोरोना महामारीसँगै ब्लड बैंकमा रगत अभाव भएको खबर सुन्यौं,’ उनले भने, ‘विषम् परिस्थितीमा मानवीय धर्म निभाउनुपर्छ भन्ने लागेर क्लबले सहयोग गरेको हो ।’

कार्यक्रममा क्लबका सल्लाहकार हरिप्रसाद अधिकारीले अध्यक्ष तिमिल्सिनालाई ब्लड ब्याग हस्तान्तरण गरेका थिए । कास्कीमा रगतको चरम अभाव भएपछि टोलटोलमा स्थानीय संघसंस्थाको सहयोगमा रक्तदान कार्यक्रम आयोजना भइरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया