आज गण्डकी प्रदेशमा भारी वर्षा हुने सम्भावना

समाधान संवाददाता २०७७ भदौ १२ गते ७:२२

समाधान संवाददाता

आज अर्थात शुक्रबार दिउँसो गण्डकी प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस्ताे जनाएको हाे ।

गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

Advertisement

यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

Advertisement

अहिले बिहानीपख देशभर सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

तपाईको प्रतिक्रिया