अमेरिकामा अश्वेत माथिकाे अत्याचारकाे विराेध गर्दै खेल बहिस्कार
समाधान संवाददाता
२०७७ भदौ १२ गते ८:३२

एजेन्सी
जापानी टेनिस स्टार एवं ग्राण्ड स्लाम विजेता नाओमी ओसाकाले विस्कनसिनका अश्वेत युवा ज्याकोब ब्लेकमाथि प्रहरीले गोली प्रहार गरेको घटनाको विरोधमा अमेरिकाकाे न्यूयोर्कमा हुने प्रमुख टेनिस प्रतियोगितामा सहभागिता नजनाउने भएकी छन् ।
ओसाकाले ट्वीट गरेर प्रतियोगितामा सहभागिता नजनाउने घोषणा गरेकी हुन्। उनले लेखेकी छन्, ‘एक अश्वेत महिलाका रुपमा मलाई लाग्छ कि तत्काल सम्बोधन गर्नु पर्ने धेरै कुराहरु छन् कि मैले खेलेको हेर्नु भन्दा।’
एटिपी प्रतिस्पर्धा शुक्रबारका लागि स्थगित भएका छन् । न्यूयोर्कमा हाल डब्लुटूए वेस्टर्न एण्ड साउथर्न ओपन टेनिस जारी छ।
२९ वर्षका ब्लेकमाथि गएको आइतबार प्रहरीले गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका उनको उपचार भइरहेको छ। ब्लेकमाथि गोली प्रहार भएपछि रंगभेद र प्रहरी ज्यादतीविरुद्ध प्रदर्शन भइरहेको छ।
सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया