पाेखरामा ५ सहित गण्डकीमा २० संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ १२ गते ११:२४

समाधान संवाददाता

पाेखरा महानगरपालिकामा ५ जना सहित गण्डकी प्रदेशमा २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाेखराकाे वडा नम्बर १६ मा २ जना, वडा नम्बर १७ मा २ जना र वडा नम्बर ३० का १ जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे हाे । वडा नम्बर १७ का २ जना प्रहरी हुन् ।

Advertisement

त्यस्तै गण्डकी प्रदेश अन्तरगत नवलपरासीमा ९ जना, तनहुँमा ४ जना र लमजुङमा २ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनीहरुकाे ठेगाना सहितकाे विवरण स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया