पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ भदौ १२ गते १३:४०

समाधान संवाददाता, पोखरा

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका १६ का ५२ वर्षे पुरुषको मृत्यु भएको हो ।

उनमा कोभिडसँगै उच्च रक्तचाप र मधुमेहको समस्या थियो । योसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि बिहीबारमात्रै पोखरा १२ बस्ने ३२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।

Advertisement

पोखरामा कोरोना संक्रमितको संख्या २ सय ८४ पुगेको छ। तीमध्ये १ सय ७४ संक्रमित निको भएका छन्।

प्रदेशभर संक्रमितको संख्या २ हजार २५ पुगेको छ। संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने १० संक्रमितको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा कास्कीका ४, स्याङ्जाका २, म्याग्दी, गोरखा, बागलुङ र तनहुँका १/१ जना छन्।

तपाईको प्रतिक्रिया