एभरेष्ट बै‌ंकका कर्मचारीः नेपालगञ्जबाट आए, हाेम आइसाेलेशनमा बसे

समाधान संवाददाता २०७७ भदौ १२ गते १५:५३

समाधान संवाददाता

शुक्रबार पाेखरामा काेराेना संक्रमण भएकाे पुष्टि भएका एभरेष्ट बैंक अमरसिंह चाेक शाखाका कर्मचारी नेपालगञ्जबाट आएकाे थाहा भएकाे छ ।

उनी एभरेष्ट बैंककाे नेपालगञ्ज शाखाबाट सरुवा भएर भदाै २ गते पाेखरा आए पनि कार्यलयमा हाजिर नभएकाे बैंकका अमरसिंह शाखा प्रबन्धक उज्जल राज शर्मा समाधानलाई बताए ।

Advertisement

२ गते पाेखरा आए, ३ गतेबाट निषेधाज्ञा लाग्याे । त्यसैले उनी अफिस हाजिर हुनै पाएका थिएनन्– शर्मा समाधानसँग भने ।

भदाै ६ गते नेपालगञ्ज शाखाकाे किचनमा काम गर्ने कर्मचारीमा काेराेना पुष्टि भएपछि त उनी पुरै हाेम आइसाेलेशनमा बसेकाे उनले जानकारी दिए ।

Advertisement

किचनका कर्माचारीमा काेराेना देखिएकाले नेपालगञ्ज शाखाका सबै कर्मचारीकाे स्वाब परिक्षण गर्ने क्रममा उनकाे पनि परिक्षण गरिएकाे र आज रिपाेर्ट पाेजिटिभ आएकाे शर्माले बताए । उनी अहिले पाेखरा नदिपुरमै छन् ।

तपाईको प्रतिक्रिया