नेपाली विभागमा वेदान्त दर्शन र तरुणतपसी

समाधान संवाददाता
पोखरा
पृथ्वीनारायण क्याम्पस, नेपाली विभागले शनिबार ‘साहित्यमा वेदान्त दर्शनको सन्दर्भ र तरुण तपसी’ शीर्षकमा गोष्ठी गरेको छ । उक्त विषयमा डा.पुण्यप्रसाद शर्माले गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीपत्रमा आस्तिक दर्शनअन्तर्गत पर्ने सांख्य, योग, वैशेषिक, न्याय, मीमांसा र वेदान्त दर्शन गरी ६ वटा दर्शन अनि नास्तिक दर्शनअन्तर्गत पर्ने चार्वाक, जैन, वैभाषिक, सौत्रान्तिक, योगाचार र माध्यमिक गरी ६ ओटा दर्शनका बारेमा शर्माले धारणा राखे ।
उपनिषद्, व्रह्मसूत्र र श्रीमद्भागवत्गीतामा वेदान्त दर्शन आधारित छ जसले ब्रह्मलाई सत्य र यस जगतलाई मिथ्या ठानेको छ भन्दै डा शर्माले यस किसिमको दर्शन कविशिरोमणि लेखनाथ पौड्यालको तरुणतपसी नव्यकाव्यमा पाइने कुरा सोदाहरण विवेचना गरे ।
गोष्ठीपत्रमा केन्द्रित भएर डा.नारायणप्रसाद अधिकारीले सविस्तार टिप्पणी गरे । गोष्ठीपत्र र टिप्पणीमा केन्द्रित भएर डा.यमनाथ तिमिल्सिना, डा.लक्ष्मीशरण अधिकारी, डा.वासुदेव भण्डारी, बोधराज ढकाल, शोभाकान्त गौतम, यादवराज उपाध्याय, नारायणप्रसाद न्यौपाने, गिरबहादुर खड्का, श्रीधर न्यौपाने, सजना आचार्य, रामुप्रसाद सुवेदी, भूमिराज बस्ताकोटी, लोकचन्द्र खनाल र सूर्य क्षेत्रीले आआफ्ना धारणा राखेका थिए ।
गाेष्ठीमा पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेलको समेत उपस्थिति थियो । विभागीय प्रमुख प्रा.डा.कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको उद्घोषण निर्मल सापकोटले र नारायणप्रसाद न्यौपानेले स्वागत गरेका थिए । यादवराज उपाध्यायले प्रतिवेदकको जिम्मेवारी लिएका थिए ।
प्राज्ञिक गतिविधि गर्ने क्रममा पृथ्वीनारायण क्याम्पसको यस नेपाली विभागले यही आर्थिक वर्षको आरम्भदेखि आयोजना गरेका गोष्ठीमध्ये यो गोष्ठी तेस्रो गोष्ठी हो । यस विभागले यही भदौ महिनाको तेस्रो हप्तामा प्राज्ञिक लेखनमा केन्द्रित भएर चौथो गोष्ठी गर्दैछ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया