मुस्ताङमा स्याउ खरिद गर्न आउने व्यापारीलाई अनिवार्य क्वारेन्टिन

एसके थकाली
जोमसोम
स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा यसवर्ष फलेका स्याउ खरिद गर्न चाहने जिल्ला बाहिरका व्यापारीका निमित्त क्वारेन्टिन अनिवार्य गराइएको छ ।
जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति मुस्ताङको बिहीबार बसेको (सिसिएमसी) तथा सरोकारवाला निकाय सम्मिलित बैठकले जिल्लालाई कोरोनामुक्त ग्रिनजोन कायमै राख्न स्याउ खरिद गर्ने व्यापारीका लागि यस्तो निर्णय गरेको समितिका अध्यक्ष सिडिओ हिरादेवी पौडेलले जानकारी दिइन् ।
मुस्ताङमा स्याउ खरिद्न आउने जिल्ला व्यापारीहरुका लागि स्याउ बगैंचा अवलोकन तथा बैनापट्टा गर्नका निमित्त जिल्लाका स्याउ बगैचा धनीहरुकै सिफारिसपत्रका आधारमा सम्वन्धित वडाको सिफारिसमा स्थानीय प्रशासनले व्यापारलाई मुस्ताङ प्रवेश गर्ने अनुमति दिइने व्यवस्था मिलाइएको हो ।
सिसिएमसीको निर्णय अनुसार स्याउ व्यापारीहरु मुस्ताङ आउँदा उनीहरुको क्वारेन्टिनको निगरानी वडा र स्याउधनीले गर्नुपर्ने उल्लेख छ । स्याउ व्यापारीले स्याउ खरिद्ने र बैनापट्टा गर्न आउँदा क्वारेन्टिनमा रहँदै भौतिक दुरी कायम गरी अवलोकन गर्ने व्यवस्था मिलाइएको सिडिओ पौडेलले बताइन् ।
कोभिड—१९ को माहामारीको अवस्थालाई ध्यानमा राख्दै जिल्ला सिसिएमसीको बैठकले स्याउ खरिद्ने व्यापारीको बगैंचाबाट स्याउ टिप्न सकभर जिल्ला भित्रकै कामदार परिचालन गर्नुपर्ने र यदि त्यो सम्भव नभएमात्र बगैचाधनीकै निवेदनका आधारमा वडाले कामदारको सिफारिस गर्ने र त्यसलाई प्रशासनले सहजीकरण गर्ने छ ।
बर्सेनि मुस्ताङमा स्याउ बगैंचा हेर्न तथा स्याउको बैनापट्टा गर्न जिल्ला बाहिरका धादिङ, रुकुम, कास्की, म्याग्दी, बाग्लुङ र पर्वत लगायतका व्यापारी मुस्ताङ आउने गर्छन् । स्याउ फल्ने सिजनको एक महिना अगावै स्याउ व्यापारीको मुस्ताङमा चहलपहल हुने गथ्र्यो । तर, विगतवर्षमा हरितालिका तीज पर्व आउने गरेका स्याउ व्यापारीहरु यसवर्ष भने विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस विषम अवस्था र बेनी—जोमसोम सडक अवरुद्धका कारण मुस्ताङ आउन नसकेको टुकुचेका स्याउ किसान राजन शेर्पाले जानकारी दिए । स्याउ किसान शेर्पाले कोरोना माहामारीका कारण यसवर्ष पर्याप्त संख्यामा व्यापारीहरु मुस्ताङ आउन नसक्ने अवस्था रहेको बताए ।
गत वर्ष मुस्ताङ जिल्लाबाट ६५ सय मेट्रिक टन स्याउ जिल्ला बाहिरिएको थियो । जसबाट मुस्ताङले ६५ करोड रुपैयाँ आम्दानी गरेको स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले जानकारी दिए । मुस्ताङको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको कृषि र पर्यटन क्षेत्रमध्ये यहाँको पर्यटन व्यवसाय शून्य छ भने कृषिक्षेत्र मध्येको मुख्य बाली स्याउ बजारीकणमा समेत पर्ने असरले मुस्ताङका किसान चिन्तित छन् ।
कोरोना माहामारीको वर्षअघि मुस्ताङमा उत्पादित २० प्रतिशत स्याउ जिल्लामै खपत हुने गथ्र्यो । तर यसपटक कोरोनाकै कारण जिल्लामा पर्यटक नआउने अवस्था रहेकाले पूरै स्याउ बिक्री गर्न चुनौती बनेको मार्फाका किसान दीपक लालचनले उल्लेख गरे ।
पछिल्लो समय मुस्ताङमा स्याउ उत्पादनतर्फ किसानहरु आकर्षित भइरहेका बेला कृषि उत्पादन तथा व्यवस्थापनमा समेत चुनौती बनेको पाइएको छ । विगत २ वर्षअघि मुस्ताङमा १ हजार हेक्टरमा विस्तार भएको स्याउ बगैंचा अहिले १ हजार ५ सय हेक्टर भन्दा बढीमा विस्तार भइरहेको कार्यालय प्रमुख लम्साले बताए । मुस्ताङका ५ वटै स्थानीय तहमा स्याउ खेती विस्तार भइरहेको छ । जसमध्ये मुख्य स्याउ उत्पादनको क्षेत्र थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र रहेको छ । जहाँ लगाइएको ५ सय हेक्टर जमीनमा स्याउ उत्पादन हुने गर्छ ।
जिल्लाको लोमान्थाङ गाउपालिकामा यसै वर्षदेखि उच्च घनत्वको स्याउ खेती विस्तार भएको छ भने लोघेकर दामोदरकुण्ड गाउपालिकामा गत वर्षदेखि स्याउ खेती विस्तार भएको लोघेकर गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।
फाइल फोटो









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया