बागलुङमा विप्लव कार्यकर्ता निउरे पक्राउ

समाधान संवाददाता २०७७ भदौ १२ गते १९:२४

बागलुङ

विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य केशव निउरेलाई प्रहरीले पक्राउ गरेको छ ।

ताराखोला गाउँपालिका–५ घर भएका निउरेलाई प्रहरीले बिहीबार राति उहाँकै निवासबाट पक्राउ गरेको हो । राति ८ बजे निउरेको घरमा पुगेका सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गरेको परिवारका सदस्यले बताएका छन् ।

प्रहरीले उनलाई जथाभावी चन्दा संकलन गरेको आरोप लगाएको छ तर श्रीमती सरस्वती कँडेलका अनुसार उनी खाना खाएर घरमै बसेको बेला पक्राउ परेका हुन् ।

Advertisement

पछिल्लो समय नेकपाले चन्दा लगायतका गतिविधि नगरेको परिवार स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार निउरेमाथि थप अनुसन्धान भइरहेको छ । यथेष्ट प्रमाण नभेटिएकाले खोजी भइरहेको समेत उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया