संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार शय्या थप

समाधान संवाददाता २०७७ भदौ १२ गते १९:३९

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहमा करीब ६ हजार २०२ शय्या थप गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को उपचार गर्नका लागि तीन वटै सरकार मातहतका अस्पतालमा ६ हजार २०२ शय्या थप गरेको जानकारी दिएए ।

उनका अनुसार केन्द्रीय अस्पतालमा १ हजार शय्या र प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शय्या थप गरेको छ । यस्तै मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा पनि जनशक्तिसहित अस्पताल बनाएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा गौतमले ती हरेक स्थानीय तहमा ५ शय्या अस्पताल बनाएको जानकारी दिए । यसरी ५ शय्याकाे अस्पताल बनाउँदा तीन हजार २ सय ४५ शय्याकाे थप गरिएको छ । यस्तै मन्त्रालयले शुक्रबार थप ३ अस्पतलालाई कोभिड–१९ अस्पतालमा सूचीकरण गरिएको छ ।

वीरगञ्जको नेसनल मेडिकल कलेज, काठमाडौंका कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । रासस

Advertisement

तपाईको प्रतिक्रिया