संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार शय्या थप

काठमाडाैं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहमा करीब ६ हजार २०२ शय्या थप गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को उपचार गर्नका लागि तीन वटै सरकार मातहतका अस्पतालमा ६ हजार २०२ शय्या थप गरेको जानकारी दिएए ।
उनका अनुसार केन्द्रीय अस्पतालमा १ हजार शय्या र प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शय्या थप गरेको छ । यस्तै मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा पनि जनशक्तिसहित अस्पताल बनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले ती हरेक स्थानीय तहमा ५ शय्या अस्पताल बनाएको जानकारी दिए । यसरी ५ शय्याकाे अस्पताल बनाउँदा तीन हजार २ सय ४५ शय्याकाे थप गरिएको छ । यस्तै मन्त्रालयले शुक्रबार थप ३ अस्पतलालाई कोभिड–१९ अस्पतालमा सूचीकरण गरिएको छ ।
वीरगञ्जको नेसनल मेडिकल कलेज, काठमाडौंका कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । रासस








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया