स्याङ्जामा ५ जनामात्र आइसोलेसनमा

स्याङ्जा
देशभर कोरोनाका कहर बढिरहँदा स्याङ्जामा कोरोना मुक्त हुने अवस्थामा पुगेको छ । कोरोना संक्रमितको संख्या दिन दिनै घटिरहँदा ६ दिनबाट पोजेटिभको संख्या शून्य छ ।
११ पालिका रहेको स्याङ्जा पुतलीबजारमा ३ र वालिङमा २ जनाबाहेक अन्य ८ पालिकामा संक्रमितको संख्या नरहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
यहाँ भाटेखोला २० बेड, जिल्ला अस्प्ताल १० बेड, कालिका ६० बेड, गल्याङे ५० बेड र चापाकोट १० बेडको आइसोलेसन अस्प्ताल खाली भएको छ । करेन्डाँडा अस्प्तालमा ३ र वालिङ आइसोलेनमा २ जनामा कोरोना पोजेटिभ छन् ।
भारतबाट जिल्लाबासी आउन थालेपछि कोरोनाको हटस्पट बनेको स्याङ्जामा भारतबाट आउने क्रम सामान्य बनेपछि र तेस्रो मुलुकबाट आउने पिसिआर टेष्ट गरेर आउन थालेपछि जिल्ला कोरोना मुक्त हुन थालेको जिल्ला स्वास्थय प्रमुख यामप्रसाद शर्माले बताए ।
भारतबाट आएर क्वारेन्टाइन बस्ने यहाँ ३१ जना छन् ।
आइसोलेसनमा ५ जना मात्र छन् । ३१० जना कोरोना संक्रमित भएको स्याङ्जामा ३ सय ३ जना निको भएर घर फर्केका छन् । दुई जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया