लमजुङका ८ प्रहरी र पाेखरा मणिपालका १ जनामा काेराेना संक्रमण

समाधान संवाददाता २०७७ भदौ १३ गते ७:१४

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशमा शनिबार विहान ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

ती मध्ये ८ जना लमजुङ जिल्लामा कार्यरत नेपाल प्रहरी हुन् । शुक्रबार मात्रै लमजुङ बेसीशहरमा कार्यरत १२ जना प्रहरीमा काेराेना संक्रमणकाे पुष्टि भएकाे थियाे । त्यही कार्यरत थप ८ प्रहरीकाे रिपाेर्ट पाेजिटिभ आएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

त्यस्तै पाेखराकाे मणिपाल शिक्षण अस्पतालका १ जना पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । २६ वर्षीय पुरुष ती संक्रमितकाे बारेमा अन्य बिवरण भने खुलाइएकाे छैन् ।

Advertisement

तपाईको प्रतिक्रिया