पोखरामा कोरोनाले ३ दिनमा ३ जनाको ज्यान गयो

समाधान संवाददाता
कोरोना भाइरस रोग कोभिड १९ कारण बितेका ३ दिनयता पोखरामा ३ जनाको ज्यान गएको छ । बिहीबारदेखि लगातार ३ दिन १÷१ जनाको मृत्यु भइरहेको छ । पछिल्लोपटक शनिबार बिहान पोखरा १४ का ५८ वर्षे पुरुषको निधन भएको छ ।
सबैजनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुँदाहुँदै ज्यान गएको हो । शुक्रबार पोखरा १६ लामाचौरका ५२ वर्षे पुरुषको मृत्यु सोही अस्पतालमा भएको थियो । उनी मध्यनेपाल नगरपालिका लमजुङका बासिन्दा थिए ।
पोखरा १२ की ३२ वर्षीया महिलाको बिहीबार निधन भएको थियो । शनिबार मृत्यु भएका पुरुष ७ भदौमा अस्पताल भर्ना भएका थिए । उनलाई पेटको समस्या थियो । शुक्रबार मृत्यु हुने लमजुङका पुरुषमा स्वासप्रश्वासको समस्या थियो भने त्यसभन्दा अघिल्लो दिन मृत्यु भएकी महिला पनि सास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या भएपछि निजी अस्पताल चाहर्दै क्षेत्रीय अस्पताल पुगेकी थिइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका कोरोना संक्रमित ७ जना पुगेका छन् । तीमध्ये कास्कीबाहिरका ३ र अरु पोखराकै हुन् ।
शनिबार पोखरा १४ का ५८ वर्षे पुरुषको मृत्यु
शुक्रबार पोखरा १६ का ५२ वर्षे पुरुषको मृत्यु
बिहीबार पोखरा १२ की ३२ वर्षीया महिलाको मृत्यु









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया