पोखरामा कोरोनाले ३ दिनमा ३ जनाको ज्यान गयो

समाधान संवाददाता २०७७ भदौ १३ गते १३:२८
zj Joj:yfkg kf]v/f, @% ;fpgM sf]/f]gf ;ª\qmldtaf6 d[To' ePsf kf]v/f dxfgu/kflnsf– !( sf ^@ jifL{o k'?ifsf] zj kf]v/f, dxfgu/–#@ dh'jfl:yt /ftf]klx/f] 3f6df Joj:yfkg ug]{ qmddf g]kfnL ;]gf . tl:a/M /flwsf sF8]n÷/f;;

समाधान संवाददाता

कोरोना भाइरस रोग कोभिड १९ कारण बितेका ३ दिनयता पोखरामा ३ जनाको ज्यान गएको छ । बिहीबारदेखि लगातार ३ दिन १÷१ जनाको मृत्यु भइरहेको छ । पछिल्लोपटक शनिबार बिहान पोखरा १४ का ५८ वर्षे पुरुषको निधन भएको छ ।

सबैजनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुँदाहुँदै ज्यान गएको हो । शुक्रबार पोखरा १६ लामाचौरका ५२ वर्षे पुरुषको मृत्यु सोही अस्पतालमा भएको थियो । उनी मध्यनेपाल नगरपालिका लमजुङका बासिन्दा थिए ।

Advertisement

पोखरा १२ की ३२ वर्षीया महिलाको बिहीबार निधन भएको थियो । शनिबार मृत्यु भएका पुरुष ७ भदौमा अस्पताल भर्ना भएका थिए । उनलाई पेटको समस्या थियो । शुक्रबार मृत्यु हुने लमजुङका पुरुषमा स्वासप्रश्वासको समस्या थियो भने त्यसभन्दा अघिल्लो दिन मृत्यु भएकी महिला पनि सास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या भएपछि निजी अस्पताल चाहर्दै क्षेत्रीय अस्पताल पुगेकी थिइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका कोरोना संक्रमित ७ जना पुगेका छन् । तीमध्ये कास्कीबाहिरका ३ र अरु पोखराकै हुन् ।

Advertisement

शनिबार पोखरा १४ का ५८ वर्षे पुरुषको मृत्यु

शुक्रबार पोखरा १६ का ५२ वर्षे पुरुषको मृत्यु

बिहीबार पोखरा १२ की ३२ वर्षीया महिलाको मृत्यु

तपाईको प्रतिक्रिया